स्पाइडर म्यानको चौथो सिरिज आउदै
काठमाडौँ । हलिवुड अभिनेता टम हल्याण्ड चौथो पटक स्पाइडर म्यान बन्ने भएका छन् । हालै, पुरानो स्कटल्याण्ड शहर सेन्ट एन्ड्रयूजमा आयोजित‘स्यान्ड्स इन्टरनेशनल फिल्म फेस्टिभल’ मा भाग लिएका अभिनेता हल्याण्डले आफु चौथो पटक स्पाइडर म्यान बन्न लागेको बताएका हुन् ।
उनलाई आगामी ‘स्पाइडर म्यान’ मा देखिने बारे प्रश्न सोधिएको थियो । यस प्रश्नको जवाफमा टम भन्छन्, ‘स्पाइडर म्यान’ को चौथो किस्ताको हिस्सा बन्न लागेको खबर तपाईसँग साझा गर्न पाउँदा म निकै खुसी छु ।
आफ्नो जीवन र करियरको श्रेय ‘स्पाइडर म्यान’ लाई दिदै हल्याण्डले भने, ‘आज म जे छु ‘स्पाइडर म्यान’ को कारणले हो । मैले जति नाम र ख्याति पाएको छु, यही चरित्रकै कारण हो । यो पहिलो पटक फिल्मको प्रारम्भिक प्रक्रियामा भाग लिएको छु र म धेरै रमाइलो गरिरहेको छु । यो अवधिमा मैले पनि धेरै कुरा सिक्ने मौका पाएँ । जे होस्, सबैले मलाई यो फिल्मको हिस्सा बनाउन चाहन्थे र म पनि त्यही चाहन्थे। दर्शकलाई निराश नगर्ने प्रयास गर्नेछौं ।’
फिल्म ‘स्पाइडर–म्यान: नो वे होम’ ‘स्पाइडर–म्यान’ सिरिजको तेस्रो फिल्म थियो । जुन सन् २०२१ मा सिनेमाघरमा रिलिज भएको थियो । यस फिल्ममा अभिनेत्री जेन्डायासँग टम हल्याण्ड देखिएका थिए । मिडिया रिपोर्टका अनुसार, ‘स्पाइडर म्यान: नो वे होम’ ले आफ्नो पहिलो सप्ताहन्तमा २६० मिलियन डलर कमाएको थियो । अब यसको चौथो सिरिज आउने भएपछि दर्शकको उत्साह बढेको छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


