Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कोशीले लगातार हार्दा गण्डकीले निकाल्यो दोस्रो जित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १२
कोशीले लगातार हार्दा गण्डकीले निकाल्यो दोस्रो जित

काठमाडौं। राजधानीमा जारी वीर गणेशमान सिंह टी-२० क्रिकेटमा कोशी प्रदेशले लगातार पाँचौ हार भोगेको छ। आज भएको खेलमा कोशी प्रदेश गण्डकी प्रदेशसँग ४ विकेटले पराजित भयो।

कोशीले दिएको १५६ रनको चुनौतीपूर्ण लक्ष्य गण्डकीले १ बल बाँकी रहँदा पूरा गर्यो। गण्डकीका लागि दिनेश बुढामगरले ३३, इश्वर क्षेत्रीले २५, अर्जुन कुमालले २४, अर्जुन रायमाझीले २३ तथा दिपक डुम्रे र कप्तान विपीन खत्रीले समान १८ रन जोडे । बलिङतर्फ कोशीका प्रकाश कार्कीले २ तथा श्रवन यादव, दिपेश कँडेल, श्रवण किस्कु, र ज्ञानेन्द्र श्रेष्ठले समान १ विकेट लिए।

यसअघि माथिल्लो मूलपानी मैदानमा पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५५ रन जोडेको थियो। कोशीका लागि सोनु अन्सारीले ४४, मिनांस थापाले ४३, कप्तान अंकित सुवेदीले ३२ तथा श्रवण यादवले २१ रन जोडेका थिए । बलिङतर्फ गण्डकीका सुवाश भण्डारीले ३ तथा विपिन खत्री र अमृत गुरुङले समान १ विकेट लिए।

naima expoTop Changing Nepal

युट्युब सट्स