छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
काठमाडौं । छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ हुने भएको छ । अवार्डको छैटौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा २०८० बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।
सगरमाथा म्युजिक अवार्डका पाँच संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । छैटौं संस्करण भने विदेशमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।
छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् । अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपालले जनाएको छ ।
त्यस्तै एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिने छ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले बताए । छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशल खत्री रहेका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


