Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

ओलीको अँगालोमा सुहाङ !

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १८
ओलीको अँगालोमा सुहाङ !

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् ।

इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन् । ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिएका छन् ।  एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्ने छन् ।

सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स