मानिस प्रेममा पर्नुको मनोवैज्ञानिक कारण यस्तो छ
काठमाडौँ । जब सामान्य मानिसले प्रेमको बारेमा सोच्दछ, यसमा कुनै वैज्ञानिक दृष्टिकोण हुँदैन । तर वैज्ञानिकहरुका लागि भने कुनै मानिस प्रेममा पर्नु एउटा सोचाइ मात्र नभएर कुनै न कुनै प्रकारको विज्ञान समेत जोडिन्छ ।
वैज्ञानिकहरुका अनुसार प्रेमको अनुभवलाई रसायन विज्ञानको मद्दतले बुझ्न सकिन्छ । आज हामी तपाईलाई मानिस प्रेममा पर्नुको पछाडिको वैज्ञानिक कारणबारे जानकारी दिँदैछौँ ।
प्रेममा पर्नुको वैज्ञानिक कारण
इच्छाशक्ति
जब तपाईंको भेट त्यो व्यक्तिसँग हुन्छ, जसले तपाईको ध्यान आफूतिर आकर्षित गर्न सक्छ । तब तपाई प्रेममा पर्न सक्नुहुन्छ । विभिन्न अध्ययनहरुका अनुसार यौन इच्छा उत्पन्न गर्ने हर्मोनका कारण यो चरण शुरु हुन्छ । मानिसमा एस्ट्रोजेन र टेस्टोस्टेरोन जस्ता हर्मोनहरुको उत्पादन बढ्दै जाँदा यौन सम्भोग र प्रजननको लागि माग प्रदान गर्दछ । मानिसमा प्रेममा पर्ने इच्छा जाग्न थाल्छ ।
रोमान्टिक जोस
यो चरणमा तपाइलाई आफ्नो मन परेको मान्छेको नजिक पुग्ने तीव्र इच्छा महसूस गर्नु हुनेछ । यो चरणमा मानिसले राम्रोसँग सोच्न सक्दैन र जोशको वस्तुलाई आदर्श बनाउन थाल्छ ।
यो अवस्था खासगरी मानिसको शरिरमा हुने सिरोटोनिन, डोपामाइन र एड्रेनालाइन रसायनको मिसावटका कारण हुने गर्छ ।यस्तै कहिलेकाहीँ कसैले कसैलाई छुँदा पनि प्रेममा पर्न सकिन्छ ।
सामान्यतया कसैले कसैलाई छुँदा वा मनपरेको वस्तुलाई स्पर्श मानिसको शरीरमा अक्सिटोसिनका साथै डोपामाइन समेत उत्पादन हुने गर्दछ । मानिस त्यो वस्तुप्रति आकर्षित हुन्छ र गहिरो प्रेममा पर्न सक्छ ।
यस्तै, विभिन्न अध्ययनहरुले प्रेममा पर्नमा कुनै स्नेहको वस्तुको आवाज सुन्दा उत्पन्न रोमान्टिक प्रेम भावनाहरू पनि सहयोगी हुन्सक्ने देखाएको छ ।
जस्तैः दुई व्यक्तिहरूबीच समान अर्थ भएका गीतहरूसँगै गाउँदा एक अनुकूल प्रतिक्रिया उत्पन्न गर्न सक्छ । जसकारण एकले अर्काको बारेमा सोच्न बाध्य गराउँछ । मानिस गहिरो प्रेममा पर्न सक्छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


