Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

भोलिदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २२
भोलिदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा भोलीबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आज एक सूचना जारी गर्दे प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो । यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

 

 

 

naima expoTop Changing Nepal

युट्युब सट्स