वैशाख २२ देखि २८ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पुनर्मिलनको विशेष योग रहेको छ । मध्य सातबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो हप्ता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको अन्त्यमा स्वास्थ्यको ख्याल गर्नु पर्नेछ र अनावश्यक ठाउँमा धन खर्च होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता शुभ समाचार सुन्न पाइएला । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । परीक्षा आदिमा सफलता मिल्नेछ । प्रेम जीवन सबल र सफल नै रहनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको सुरुका दिनमा महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । प्रेमी बीचमा पनि असमझदारी बढ्न सक्छ । सोमबारबाट भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । लामो समयदेखि रोकिएको धन हात पर्नसक्छ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुखद् र धार्मिक यात्राको योग छ । स्वादिष्ट भोजन पाइनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता पुनर्मिलनको योग रहेको छ । शिक्षामा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनमा उत्साह र उमङ्ग छाउनेछ । लाभदायक यात्रा पनि हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज पुनर्मिलनको योग रहेको छ । परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । प्रतीक्षा गरिएको काम पूरा हुनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्च समेत बढ्ने योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरेका कार्यमा ढिलासुस्ती हुनेछ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ । सोमबारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफल यात्राको योग पनि देखिन्छ । शुभ कार्यमा सहभागी भइएला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कला र गलाको प्रभाव बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मित्रबाट विशेष सहयोग मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर काम क्रोध पनि बढ्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ काममा हात हाल्ने समय छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । शेयर बजारको लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ । परिवारमा झैझमेलाको अवस्था आउला । दबाब र तनाव बढेको महसुस हुनेछ । अल्छि गर्नाले समस्याहरू पनि बढ्ला । साताको अन्त्यमा दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । अधिक जानकारीका लागि 977-9849559502)
ज्यो.प. नारायणप्रसाद दुलाल
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


