Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

डोटीको एक घरमा आगलागी हुँदा सात लाखको क्षति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २४
डोटीको एक घरमा आगलागी हुँदा सात लाखको क्षति

डोटी । डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ। आदर्श गाउँपालिका–३ भकुण्डाका तुलाराम भट्टको घरमा आगलागी भएको हो।

२ तले ४ कोठे ढुङ्गामाटो, काठले बनेको पत्थरले छाएको घरमा गोठको बाहिर आंगनमा बालेको आगोबाट आगलागी भएको हो। आगलागीबाट २ वटा गोरु, १ वटा गाई र २ वटा बाख्रा जलेर मरेका छन्।

साथै घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा,भाडा वर्तनलगायतका सामानहरू जलि अन्दाजी ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स