के हो मेट गाला ?
काठमाडौँ । फेरि एक पटक विश्वको सबैभन्दा ठूलो मेगा फेसन इभेन्ट मेट गाला सुरु भएको छ । न्युयोर्क शहरको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आयोजित मेट गाला कार्यक्रममा विश्वभरका ठूला सेलिब्रेटीहरू सहभागी भएका छन् । यस पटक मेट गाला २०२४ को थिम ‘गार्डेन अफ टाइम: एन ओड टु आर्ट एण्ड इटरनिटी’ रहेको छ । यस्तो अवस्थामा हरेक सेलिब्रेटी सोही अनुसारको लुगा लगाएर कार्यक्रममा पुग्नेछन् ।
अहिले सामाजिक सञ्जालमा ‘मेट गाला २०२४’ को चर्चा भइरहेको छ । यो फेसन संसारको प्रसिद्ध घटनाहरु मध्ये एक हो । प्रत्येक वर्ष यो शो मे महिनाको पहिलो सोमबार ‘ मेट मण्डे’ को रूपमा आयोजना गरिएको छ । फेसन शोको यो ठूलो कार्यक्रम हरेक वर्ष न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युटमा आयोजना हुने गरेको छ ।
न्युयोर्क शहरको मेट्रोपोलिटन म्युजियम अफ आर्टलाई सहयोग गर्न यो एक परोपकारी फेसन शो हो । मेट गालाको सुरुवातको बारेमा कुरा गर्दा, यो १९४८ मा एक सोसाइटी मिडनाइट सपरको रूपमा सुरु भएको थियो, तर आज यो विश्वभर धेरै हेडलाइन बनिरहेको छ ।
प्रत्येक वर्ष मेट गालाको फरक फरक विषयवस्तु हुन्छ । विषयवस्तुहरू र ड्रेस कोडहरू भिन्न हुन्छन्, तर एक अर्कासँग सम्बन्धित छन् । यस वर्षको ड्रेस कोड ‘द गार्डेन अफ टाइम’ हो, जो जेजी बलार्डको १९६२ को यस्तै शीर्षकको छोटो कथाबाट प्रेरित रहेको छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


