Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नक्कली नोटसहित एक महिला पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २५
नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट । नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन्।

जाजरकोट छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान उनलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी माधव विश्वकर्माले बताए।

naima expoTop Changing Nepal

युट्युब सट्स