Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

गायिका मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक सर्जरी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २५
गायिका मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक सर्जरी

काठमाडौं । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । हालै तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो ।

‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि भने फिर्ता नआउने भएको छ । कस्मेटिक प्रोथेस्टिक सर्जरीले बाहिरबाट हेर्दा आँखा राम्रो देखिने र चश्मा लगाउन नपर्ने मात्र हुने तर दृष्टी भने नफर्किने चिकित्सकहरुले बताएका छन्  ।

अहिलेसम्म बनेको प्रविधिले मेनुकाको आँखामा दृष्टि फिर्ता ल्याउन नसक्ने तिलगंगाका चिकित्सक डा. सन्दुक रुइतले बताएका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स