Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

इन्जिनियनिङ पढिरहेकी स्नेहा लामिछाने एक सातादेखि सम्पर्कविहीन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २५
इन्जिनियनिङ पढिरहेकी स्नेहा लामिछाने एक सातादेखि सम्पर्कविहीन

काठमाडौं । इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी छन्। सिसीटिभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको प्रहरीले जनाएको छ।

उनले कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेट लगाएको प्रहरीको भनाइ छ। उनले पछाडि झोला बोकेकी छन्। उनको फोन पनि स्वीच अफ रहेको परिवारका सदस्यले जनाएको छ। स्वीच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो।

आमाबाबुले छोरी खोज्न आग्रह गरिरहेका छन्। फेला परेमा प्रहरीलाई खबर गरिदिन वा परिवारलाई ९८६५१९५४६६ वा ९८५५०८०४९१ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

Top Changing Nepal

युट्युब सट्स