सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् । पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्धाको सुनुवाई स्थगित हुदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफु निर्दोष रहेको बताउदै आएका छन् ।
उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोख्दै भनेका छन्- ‘तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस। म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन ।’सन्दीपले आफ्नो पोष्टमा यो घटना कसैले नियोजित रुपमा गराएको आरोप समेत लगाएका छन् ।
उनले भनेका छन्- ‘यो घटनाको निर्दोष पात्र हुँ। मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ। त्यसमा तपाईँहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। वास्तबिक अनुहार आफैं निस्केला ।’
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


