धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध
जानकारी केन्द्र
२०८१, बैशाख, २६
काठमाडौँ । भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्रेसले मंगलबार रातीदेखि बुधबार बिहानसम्मका ८० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ । ठुलो संख्यामा एकैपटक चालक दलका वरिष्ठ सदस्यहरू बिदामा गएपछि उडान रद्ध भएको बताइएको छ ।
एयर इन्डिया एक्सप्रेसका प्रवक्तालाई उद्धृत कम्पनीले कर्मचारीहरू सँगै बिदामा जानुको कारणहरू पत्ता लगाउन र समस्या समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ ।
आकस्मिक उडान रद्द भएको भन्दै धेरै यात्रुले सामाजिक सञ्जालमा गुनासो पनि गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार उनीहरू टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्समा रोजगारीका नयाँ सर्तहरूको विरोध गरिरहेका छन्।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


