ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी
जानकारी केन्द्र
२०८१, बैशाख, २८
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३-२ गोलले पराजित गरेको हो ।अल नासरको जितमा मार्सेलो ब्रोजोभिकले ९१औ मिनेटमा निर्णायक गोल गरेका थिए । यस अघि उनले खेलको सातौं मिनेटमा शुरुवाती गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । त्यस्तै यस खेलमा खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए ।
त्यसैगरी अल अखडोउडका लागि हसन अल हबिब र साभियोर गडविनले एक एक गोल गरेका थिए ।यो जितपछि अल नासरको ३१ खेलमा ७७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपी अल हिलाल एक खेल कम खेलेको छ ।
त्यसैगरी अल अखडोउडको भने ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


