Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २८
सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २३०० ले बढेर  १ लाख ३७ हजार ९०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स