वैशाख २९ गतेदेखि जेठ ०४ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिको लागि यो साता परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । प्राविधिक कामबाट राम्रो फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । धनसञ्चय र भौतिक सुखको अवसर प्राप्त हुनेछ । हराएको आत्मविश्वास पनि जाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विशेष समारोहबीच प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सेयर कारोबारमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता कर्कट राशिका लागि गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । आफन्त बीचमा खटपट, चिन्ता र शङ्का उब्जन सक्छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मध्य साताबाट मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । सजिलै अरूको मन जित्न सकिनेछ । कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । मध्य सातामा महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिको लागि रमणीय र सुखद् यात्राको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । जटिल ठानिएको काम सम्पादन हुन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो हप्ता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ । शेयर बजारको लगानी पनि राम्रै रहला । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो सातामा भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । डुबेको धन उकास्न निकै दौडधुप गर्नुपर्छ । कामको सिलसिलामा व्यस्त हुने समय रहेको छ । बुधवारबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । भाग्यले साथ दिनेछ भने गरेको कामबाट राम्रै सफलता हात पर्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लामो दुरीको लाभदायक यात्रा हुनेछ । बुधवारबाट कामहरू अधुरै रहनसक्छ । शेयर बजारको लगानी डुब्ने भय पनि छ, सचेत रहनु होला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ । शेयर बजारबाट राम्रो सफलता मिल्ला । मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । साताको अन्त्यमा विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्ति लागि संघर्ष गर्नु पर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । वैदेशिक काममा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । साताको अन्त्यमा नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता कसैले झुटो आश्वासन दिन सक्छन् । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ । साताको मध्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । कृषि कार्यमा पनि सफलता मिल्नेछ । (अधिक जानकारीका लागि 977-9849559502)
ज्यो.प. नारायणप्रसाद दुलाल
सम्बन्धित समाचार
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


