हिरो मोटरसाइकल र स्कुटरको ब्राण्ड एम्बेसडरमा सुशान्त,सुरक्षा र दयाहाङ नियुक्त
काठमाडौँ । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सि जी मोटर्सलर्स नेपाली कला क्षेत्रका तीन प्रतिष्ठित व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ । नक्साल स्थित स्टेट अफ दि आर्ट शोरूममा एक कार्यक्रम गरी ब्रान्ड एम्बेसडर नियुक्त गरेको सि जी मोटर्सकर्सको यस रणनीति कदमले हिरो ब्रान्डको उपस्थितिलाई नेपालमा अझैबलियो बनाउने लक्ष्य राखेको कम्पनीले बताएको छ ।
समधुरु आवाजका धनी सुशान्त केसी, त्यस्तैगरी पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अतिलोकप्रिय तथा प्रभावशाली अभिनेत्री सुरक्षा पन्त साथ साथै नेपालमा हाल सर्वाधिक लोकप्रिय अभिनेता मध्येका एक दयाहाङ राईले हिरो स्प्लेन्डर सिरिजका मोटरसाइकलको विरासतलाई अगाडि बढाउन भुमिका खेल्ने दाबि कम्पनीको रहेको छ ।
सिजी मोटर्सलर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा विस्तारका लागि आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नवलपरासीको सि जी इन्डस्ट्रि यल पार्कमा प्रति वर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सक्ने क्षमताको अत्याधनिक प्लान्टको उद्घाटन समेत गरेको थियो । हिरोका मोटरसाइकल तथा स्कुटररू अहिले नेपाली भुमिमै एसेम्बल भईरहेका छन्।
सि जी मोटर्सलर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरि रहेको छ जहाँ एक्सपल्स, सुपर र स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जूम विक्री हुदै आइरहेका छन। यसबाहेक, सि जी मोटर्सलर्सले बढ्दो ग्राहकहरूको सख्ंयालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रतु रूपमा विस्तार गरिरहेको कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


