Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने !

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, १०
नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने !

काठमाडौँ । साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेइमारले अर्को सिजनको शुरुवात पनि गर्न नसक्ने भएका छन् । नेइमार एसीएल इन्जुरीका कारण २०२३ अक्टोबर देखि मैदान बाहिर रहेका छन् । उनी २०२३ को अगस्तमा पिएसजीबाट साउदी क्लब अल हिलाल गएका थिए ।

अब नेइमार अर्को सिजनको शुरुवातमा पनि अल हिलालबाट खेल शुरु गर्न नसक्ने प्रशिक्षक जर्ज जिससले जानकारी दिएका छन् । जिससले नेइमार सेप्टेम्बर-अक्टोबर भन्दा अगाडी मैदानमा आउन नसक्ने उनले बताए ।

इन्जुरीका कारणले नेइमारले आगामी कोपा अमेरिका समेत गुमाएका छन् ।  कोपा अमेरिकाको लागि छानिएको ब्राजिलको टिममा नेइमारलाई बाहिर राखिएको छ । नेइमारले अल हिलालका लागि केवल ५ खेल खेलेका छन् भने एक गोल गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स