Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कार दुर्घटना हुँदा बाबु छोरीसहित तीन जनाको मृत्यु, दुई घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, १७
कार दुर्घटना हुँदा बाबु छोरीसहित तीन जनाको मृत्यु, दुई घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार दुर्घटना हुँदा तीन महिने शिशुसहित तीन जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे चार बजे कार आफैँ अनियन्त्रित भई भीमफेदी गाउँपालिका ६ जुरीखेतस्थित सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खसेको थियो । कारमा पाँच जना सवार थिए । जसमध्ये २ जना घाइते भएका छन् ।

दुर्घटनामा मकवानपुरको मनहरी मनहरी गाउँपालिका ८ बेलुवाका २६ वर्षीय अर्जुन नेपाली, उनकी तीन महिने छोरी अर्जिता भित्रीकोटी र कार चालक काठमाडौंको चन्द्रागिरी १ दहचोकका अन्दाजी ६० वर्षीय सानु परियार रहेका छन् ।

उक्त घटनामा मकवानपुर मनहरी गाउँपालिका ८ बेलुवा बस्ने २३ वर्षीया सरिता परियारको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । सरिता मृतक अर्जुनकी श्रीमती हुन् ।

चितवन राप्ती नगरपालिका १ लोथर बस्ने ३५ वर्षीया सानो कान्छी तामाङको पनि दुर्घटनामा परेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । घाइते दुवैको सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स