टर्किस सुपर लिगमा जाने भए मोरिन्हो
काठमाडौँ । जोसे मोरिन्हो टर्की लिगमा जाने निश्चित भएको छ । मोरिन्होले टर्की लिगको क्लब फेनेर्बाचेको प्रशिक्षक बन्ने भएका हुन् । मोरिन्होले फेनेर्बाचेका लागि २ बर्षको सम्झौता गर्ने भएका छन् । उनलाई गत जनवरीमा इटालियन क्लब एएस रोमाले बर्खास्त गरेको थियो ।
केहि दिन अघि देखि प्रिमियर लिग चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम देखि साउदी लिग अल नासर सम्म जाने चर्चा चलिरहेका बेला मोरिन्होले टर्किस लिग रोजेका हुन् ।
फेनेर्बाचे टर्कीको सफल क्लब मध्य एक हो । हालै सम्पन्न सिजनमा लिगमा दोस्रो भएको थियो । फेनेर्बाचेले अहिलेसम्म १९ पटक टर्की सुपर लिगको उपाधि जितेपनि पछिल्लो १० बर्षमा भने उपाधि जित्न सकेको छैन । पछिल्लो पटक फेनेर्बाचेले २०१३-१४ सिजनमा लिग उपाधि जितेको थियो । मोरिन्हो फुटबल जगतका सफल प्रशिक्षक मध्ये एक हुन् । उनले पोर्टो र इन्टर मिलान जस्ता क्लबलाई च्याम्पियन्स लिग जिताएका छन् ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


