च्याम्पियन्स लिग फाइनल: उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल आज राति हुदै छ । फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डोर्टमण्डखेल्दै छन् । इङल्याण्डको विम्बली स्टेडियममा हुने यो फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि हुदै छ ।
रियल म्याड्रिडले सेमिफाइनलमा जर्मनी क्लब बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने डोर्टमण्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
यस अघि सबैभन्दा बढी १४ पटक च्याम्पियन्स लिग जितेको रियल म्याड्रिड आफ्नो १५औं उपाधिका लागि फाइनल खेल्दै छ । रियल म्याड्रिड च्याम्पियन्स लिगको इतिहासमा १८औं फाइनल खेल्दै छ । रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो ।
रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक मात्र उपविजेता बनेको छ । सन् १९६२, १९६४ र १९८१ मा रियल म्याड्रिड फाइनलमा पुगेर हारेको थियो । त्यस यता फाइनलमा पुगेर रियल म्याड्रिड अहिलेसम्म पराजित भएको छैन ।
त्यस्तै डोर्टमण्ड भने तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेल्दै छ । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड पछिल्लो पटक २०१३ मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

