सर्पले टोक्दा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?
काठमाडौं । सर्पदंशका घटना गर्मी महिनामा निकै बढ्छन् । खास गरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन् । अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन् । तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ ।
अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन् । सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पुर्याउँछन् । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन् । अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन् । ति के के हुन् जान्नुहोस :
गर्न हुने
सर्पले टोकेमा तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ । टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुन सक्छ । सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ ।
सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला । यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ । सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला । टोकेको समय पनि ख्याल गर्नुहोला । यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ ।
कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला । आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला । सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला ।
गर्न नहुँने
सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला । सर्पले फेरि टोक्न सक्छ । टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला । सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ । टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला । टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला । बरु यसले विष चाँडो फैलन सहयोग गर्छ ।
टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला । एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला । यस्ता पेनकिलरले रगत पातलो बनाउँछ । टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


