सीजी मोटर्सद्वारा नेपाली क्रिकेट टिमलाई शुभकामना र्यालीको आयोजना
काठमान्डौ ,सीजी मोटर्स (हिरो ब्राण्डको आधिकारीक डिस्ट्रीव्युटर)ले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना र्यालीको आयोजना गरेको छ । नेपाल र नेपालीको सानलाई आईसीसी टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपालका गौरव नेपाली क्रिकेट खेलाडीको हौसला बढाउनका लागि सीजी मोटर्सले र्यालीको आयोजना गरेको हो ।
यो ‘शुभकामना र्याली’ले खेलकुदमार्फत नेपाल र नेपालीहरुको सानलाई विश्वभरी पुर्याउन नेपाली क्रिकेट खेलाडीलाई आईसीसी टी–२० विश्वकप खेल मैदानमा उच्च मनोबलका साथ खेल्ने हौसला प्रदान गराउने उद्देश्य रहेको छ । आईसीसी टी–२० विश्वकपलाई हौसला दिन शुभकामना र्याली काठमाडौं लगायत देशका अन्य स्थानहरुमा पनि सम्पन्न गरिएको छ । नेपालभर हिरो ब्राण्डका सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्क रहेका स्थानहरुमा पनि शुभकामना र्यालीको सम्पन्न भएको छ ।
शुभकामना र्याली’मिति २०८१ जेठ २२ गते मंगलबार सम्पन्न भएको हो । दिउँसो २ बजे शुरु भएको सो र्यालीमा ३० जनाभन्दा बढी राइडर सहभागी भएका थिए । र्यालीमा सहभागी सबै मोटरसाइकल तथा स्कुटरहरु हिरो ब्राण्डका रहेका थिए। सीजी मोटर्सको हिरो ब्राण्डको नक्सालमा रहेको सोरुमबाट सुरु हुने र्याली ज्ञानेश्वर, मैतीदेवी, कोटेश्वर हुँदै भक्तपुर दरवार स्क्वायरमा पुगेर समापन भएको थियो। खेलकुद मार्फत नेपाल र नेपालीको गौरव र सानलाई विश्वभरी चिनाउने खेलाडीको मेहनतलाई सबैले उच्च मूल्यांकन गर्दै उहाँहरुको मेहनतको कदर गर्न सबैले आह्वान समेत गर्नु भएको थियो ।
मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो यसले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ ।
साथै, नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन् ।
नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । जहाँ एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जूम विक्री हुँदै आइरहेका छन् । साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ । यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।

सम्बन्धित समाचार
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


