Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, २३
आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ ।

‘जमिनको पुनस्र्थापना, मरुभूमीकरण र खडेरी थेग्न सक्ने क्षमताको विकास’ भन्ने नारासहित बुधबार यो दिवस विश्वभर मनाइँदै छ । जनजीविका र स्वस्थ्य प्राकृतिक वातावरणका लागि स्वस्थ जमिनको आवश्यकता पर्ने, बढ्दै गरेको मरुभूमीकरणलाई रोक्न थप प्रयास गर्नुपर्ने तथा खानेपानीको अभावलाई सम्बोधन गर्नुपर्ने विषयलाई यस वर्ष बढी महत्त्व दिइएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ। नेपालमा पनि विभिन्न कार्यक्रममार्फत यो दिवस मनाइँदै छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स