ताइवानको सीमा नजिकै देखिए २६ चिनियाँ लडाकु विमान र १० युद्धपोत
काठमाडौँ । ताइवानले मंगलबार र बुधबार बिहान करिब २६ चिनियाँ लडाकु विमान र १० वटा युद्धपोत ताइवानको सीमा नजिकै देखिएको बताएको छ । ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबीचको सिमानालाई विभाजित गर्ने मध्य रेखा पार गरेका छन् । चीनको यो कदमलाई उत्तेजक कार्यको रुपमा व्याख्या गरिएको छ ।
चिनियाँ लडाकु विमानको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्धपोत पठाएको ताइवानी मिडियाले जनाएका छन् । साथै, चीनको कुनै पनि दुस्साहसलाई जवाफ दिन सक्ने गरी तटीय क्षेत्रमा आफ्नो मिसाइल प्रणाली सक्रिय गरेको छ।
नयाँ राष्ट्रपति लाइ चिङ तेहले मे २० मा ताइवानको राष्ट्रपतिको रूपमा शपथ लिएला थिए । नयाँ सरकार गठन भएदेखि नै चीनको अडान आक्रामक रहेको छ र यसका लडाकु विमान र युद्धपोतहरू लगातार ताइवानको वरिपरि घुमिरहेका छन् ।
चीनको यो कदमलाई उक्साहटको रुपमा हेरिएको छ । वास्तवमा, आफ्नो सपथ ग्रहण समारोहमा, नयाँ राष्ट्रपति लाइ चिङ तेहले आफ्नो भाषणमा ताइवानको स्वतन्त्रताको बारेमा कुरा गरे, जसले चीनलाई रिसाएको छ ।
हालै चिनियाँ सेनाका एक वरिष्ठ अधिकारी कर्नेल वु छियानले ताइवानको स्वतन्त्रताको अर्थ युद्ध मात्रै हो र ताइवानमा पृथकतावादी गतिविधिलाई समर्थन गर्ने कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गरिने छैन र त्यसविरुद्ध कडा कारबाही गरिने बताएका थिए।
चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ र त्यसैले उसले ताइवानको स्वतन्त्रताको विरोध गर्दछ । ताइवानमा नयाँ सरकार गठन भएदेखि नै चिनियाँ सेनाका लडाकु विमानहरू दिनहुँ ताइवानको सिमानामा घुमिरहेका छन् । पछिल्लो घटनालाई पनि दबाब सिर्जना गर्ने रणनीतिसँग जोडिएको छ ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


