मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते
जानकारी केन्द्र
२०८१, जेष्ठ, २३
सर्लाही । सर्लाहीको बागमतीमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ । दुर्घटना मोटरसाइकल चालक युवक पनि घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका १ मिलनचोकमा बा ९१ प ९३६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बाराको कोल्हबी नगरपालिका १ का ६५ वर्षीय निलबहादुर प्रसाइँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बाराको एलएस न्युरो अस्पतालमा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा निलबहादुरका छोरा मोटरसाइकल चालक ३६ वर्षीय राजु प्रसाईं पनि घाइते भएका छन् । उनको एलएस अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


