Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

ट्रकले मोटरसाइकलाई दियो ठक्कर, २० वर्षीय युवाको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, २४
ट्रकले मोटरसाइकलाई दियो ठक्कर, २० वर्षीय युवाको निधन

सर्लाही । मंगलबार राति पूर्वपश्चिम राजमार्गमै पर्ने सर्लाहीको हरिवन नगरपालिका १० सुखेपोखरीमा ना ६ ख ४९८९ नम्बरको ट्रकले ना ६४ प ६०२५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका २ डुमरीटोल बस्ने राहहरी चालिसेका छोरा २० वर्षीय दीपशरण चालिसे रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि ट्रक चालक सर्लाहीको ईश्वरपुर नगरपालिका १३ श्रीपुर बस्ने २६ वर्षीय सोलिन्द्र कुमार कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स