‘हेलो फ्रम वेस्ट इन्डिज’- सन्दीप लामिछाने
काठमाडौं । आईसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार सन्दीप वेस्ट इन्डिजमा नेपाली टोलीमा समावेश हुनेछन् । क्यानले वेस्ट इन्डिज पुगेपछि मात्र क्यानले आधारिकारिक विज्ञप्ति जारी गरेको छ ।
क्यानका अनुसार सन्दीपको नाम सामवेश गर्दै तीव्रगतिका युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको छ । यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो ।
तर अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले गत जुन ४ मा अमेरिकाको डालसमा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएको थिए । साथै जुन ११ मा अमेरिकाकै फ्लोरिडास्थित लाउडरहिलमा हुने श्रीलंकाविरुद्धको खेल पनि गुमाउनेछन् ।
नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल हारेको नेपालले श्रीलंकासँग पर्सि बिहान खेलेपछि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग असार १ गते र बंगलादेशसँग असार ३ गते खेल्नेछ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

