सिएफमोटो केयर क्याम्प , यस्ता छन फिचर
काठमाडौं । सीएफ मोटो र जिहो व्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले, कालोपुल स्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्स सहितको सर्भिस सेन्टरमा यही जेष्ठ २९ गते देखि ७ दिने सिएफ मोटो सभीर्स केयर क्याम्प सन्चालन गर्ने भएको छ । सिएफ मोटो व्राण्ड युवाहरुमा लोकप्रिय रहेको व्राण्ड र कोभिड पश्चात विभिन्न कारणले यसको विक्री तथा सेवामा केही ढिलाई भएता पनि अहिले नयाँ आधिकारिक बितरक रिलायन्स ग्रुप अन्र्तगतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँग कम्पनीले यो पहिलो वृहत सभीर्स केयर क्याम्प सन्चालन गर्न लागेको हो । बिक्री पछि को सेवा नै अटोमेटिक्स व्यापारको टेवाको नारा साथ कम्पनीले सएफ मोटोका सम्पूर्ण प्रयोगकर्ताहरुलाई यसरी नै सभीर्स र स्पेयर पार्ट्स को सेवा निरन्तर दिइरहने जानकारी दिएको छ ।
यस क्याम्पमा सहभागी हुने सएफ मोटो बाइकका प्रयोगकर्ताहरुले क्याम्प अवधिभर स्पेयर पार्टसमा १०५ छुट, फ्रि– बाइक वास, लेबर चार्जमा ५०५ छुट, लुब ओएल मा ५५ छुट तथा हरेक दिन लक्की ड्र मार्पmत ७ जनाले ७ दिनमा १ सालको लागि सएफ मोटो को स्पेयर पार्ट्स मा १०५ छुट पाउने व्यवस्था गरिएको छ । यसका साथै गोला प्रथा मार्फत ७ दिनमा आफ्ना सिएफ मोटोका बाइक सर्भिसिङ्ग गराउन आउने ग्राहकहरु मध्ये १ जना भाग्यशालि बिक्रेताले फ्रि बाइक कोटिङ्ग गराउन सक्ने छ । सिएफ मोटोको सर्भिस सेन्टर काठमाण्डौंको धोविखोलामा अवस्थित छ, जहाँबाट ग्राहकहरुले सिएफ मोटो लगायत जिहोको पनि सर्भिस तथा पार्टस को सुविधा पाउन सक्ने कम्पनीको दाबी छ ।
सिएफ मोटोको एनके २५०, एनके ४५०, एसआर २५० जस्ता आकर्षक तथा हाइ पफमेन्स बाइकहरु पूनः यस सेन्टरले नेपाली बजारमा रि इन्टरडिउ गरेको छ । साथ साथै इभि टु व्हीलर सेगमेन्टमै प्रिमियम र डिउरेबल मानिने उच्च प्रविधि जडित जिहोका इलेक्ट्रिक स्कूटर एइ ६+ र एइ ६+ एल आर तथा एइ ८ मोडलहरु पनि यसै ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आफ्नो नक्साल, झम्सिखेल तथा सल्लाघारी स्थित शोरुमहरुबाट बिक्री वितरण गर्दै आएको कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


