राष्ट्रपति पौडेल विदेश भ्रमण सकेर आज स्वदेश फर्किदै
काठमाडौं। स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कदैछन् । स्वदेश फर्कने क्रममा राष्ट्रपति पौडेल वर्लिनबाट कतारको दोहा पुगेका छन् ।
स्वदेशका लागि प्रस्थान गर्नुअघि राष्ट्रपति पौडेलले जर्मनीको पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका थिए। मंगलबार नै उनले वर्लिनस्थित नेपाली राजदूतावासको पनि निरिक्षण गरेका छन्। त्यसक्रममा राष्ट्रपति पौडेलले नेपालमा जर्मनीको लगानी भित्र्याउन दूतावासले मेहनत गर्नुपर्न आावश्यकता औल्याए ।
जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल स्विट्जरल्याण्डबाट शनिबार राति जर्मनी पुगेका थिए। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टीनमेयरबीच मंगलबार जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


