के छ त टेलिकमको नयाँ सामाजिक सन्जाल ‘मिट’ मा
नेपाल टेलिकमले नयाँ सामाजिक सन्जालकारूपमा ‘मिट’ सन्चालनमा ल्याएको छ ।लेख, तस्वीर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सन्जाल संचालनमा छ।
सो सन्जालबाट कम्पनीका विभिन्न सेवाकाबारेमा ग्राहकसँगआवश्यक अन्तरक्रियासमेत गर्न सकिने छ । यसले कम्पनीका सेवाग्राहीकाबीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको टेलिकमको भनाइ छ ।
करिब रु १० करोड २० लाख २४ हजार बराबरको खर्चमा सो सन्जाल सन्चालनमा ल्याइएको हो । कम्पनीले यसलाई www.meet.net.np ‘डोमेन नेम’कारूपमा दर्ता गरेको छ भने त्यसको ब्रान्ड नेम ‘मिट’ रहनेछ ।
टेलिकमले सो सेवामार्फत् ग्राहकलाई प्रतिदिन १० एसएमएस निःशुल्क दिने भएको छ ।
त्यसैगरी, यो सेवामार्फत् एकमुस्टरूपमा निश्चित शुल्क तिरेर एकैपटक धेरै संख्यामा सन्देश पठाउन पनि सकिन्छ । सो साइटमा ग्राहकका क्रमिक चाहनाबमोजिम आगामी दिनमा अन्य सेवासमेत उपलब्ध गराउँदै जाने कम्पनीको लक्ष्य रहेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


