Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कुटपिट गरी ३० वर्षीय युवाको हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, ९
कुटपिट गरी ३० वर्षीय युवाको हत्या

सप्तरी । राजविराज नगरपालिका ४ बस्ने ३० वर्षीय मो. अरेन्जुको कुटपिट गरी हत्या गरेको अभियोगमा राजविराज नगरपालिका ३ बस्ने ४६ वर्षीय मो. नसिरलाई प्रहरीले पक्राउ गरेको छ ।

राजविराज नगरपालिका ३ मोहमदपुरमा सोमबार राति नसिर समेत ४ जना व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरेन्जुको छिन्मस्ता अस्पताल राजविराज हुँदै न्यूरो बिराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

प्रहरीले हाल फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स