Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

एसइईको नतिजा आज सार्बजनिक गर्ने अन्तिम तयारी,यसरी हेर्न सकिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १३
एसइईको नतिजा आज सार्बजनिक गर्ने अन्तिम तयारी,यसरी हेर्न सकिने

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ । बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । बोर्डका अनुसार यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक हुने छ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ । गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फका चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फका २१ हजार परीक्षार्थी नतिजाको पर्खाइमा छन्।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । सोमबार सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने निम्न व्यवस्थाहरू गरेको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स