पहिरोले ३ घर बगायो,आमा र दुई छोरीसहित ४ जनाको निधन
लमजुङ । लमजुङको क्ब्होंलासोथर गाउँपालिका ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गए राति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परी ४ जनाको मृत्यु भएको हो । स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको वडा सदस्य विनप्रसाद घलेले जानकारी दिएका छन् ।
पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षीय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षीया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको हो । रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडा सदस्य घलेले जानकारी दिए । पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन् ।
घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए । उत्तरकन्याका वडाअध्यक्ष आशवीर गुरूङका जनप्रतिनिधिको टोली पनि घटनास्थल पुग्दैछ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


