मौसम खराब भएपछि बारबाडोसमै फस्यो भारतीय क्रिकेट टिम
काठमाडौँ । आइसीसी टी- २० विश्वकपको उपाधि जितेको भारत बेरिल आँधीका कारण बारबाडोसमा फसेको छ । भारतीय टोली आज भारत फर्किन न्युयोर्क उड्ने तालिका रहेकोमा खराब मौसमका कारण बारबाडोसमै फसेको छ ।
एट्लान्टिक क्षेत्रमा आएको २१० किलोमिटर प्रतिघण्टाको गतिमा आएको बेरिल आँधीका कारण विमानस्थल बन्द गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सेक्रेटरी जय शाहसहित भारतीय टिम बारबाडोसमा फसेको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय टिम ब्रिजटाउनबाट न्यूयोर्क र दुबई हुँदै भारत पुग्ने तालिका रहेको थियो । मौसम खराब भएर विमानस्थलनै बन्द भएपछि अब भारतीय टिमलाई मौसममा सुधार हुना साथ सिधै दिल्लीसम्म चार्टर्ड उडान गर्ने योजना बोर्डले बनाएको बताइएको छ ।
अहिले बारबाडोसमा खेलाडीसहित सहयोगी कर्मचारी, परिवार र बोर्डका अधिकारीसहित करिब ७० जना सदस्य रहेको बताइएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


