को बन्ला भारतीय टी-२० क्रिकेट टिमको कप्तान ?
काठमाडौँ । भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेपछि कप्तान रोहित शर्मासहित विराट कोहली र रविन्द्र जडेजाले टी-२० क्रिकेटबाट सन्यास लिएपछि अब भारतको टी- २० टिमको कप्तान को बन्छ भन्ने बहस शुरु भएको छ । भारतका तीन सिनियर खेलाडीसहित प्रमुख प्रशिक्षक राहुल द्रविडको समेत कार्यकाल समाप्त भएको छ ।
अब भारतको टी- २० टिमको कप्तानीमा प्रमुख चार खेलाडीको चर्चा रहेको छ । जसमा हार्दिक पाण्डेय, सूर्यकुमार यादव, ऋषव पन्त र जसप्रित बुमराह कप्तानीको दौडमा सबै भन्दा अगाडी रहेका छन् । यी बाहेक शुभमन गिल र केएल राहुल समेत भारतको टी- २० क्रिकेटको कप्तान बन्न सक्ने चर्चा चलिरहेको छ ।
यस रिपोर्टमा प्रमुख चार खेलाडीको बारेमा चर्चा गर्दै छौं ।
टी- २० टिमको कप्तानको दावेदारको दौडमा हार्दिक पाण्ड्या सबै भन्दा अगाडि छन् । उनीसँग टी-२० अन्तर्राष्ट्रियमा १०० खेलको अनुभव छ, जुन अन्य कुनै दावेदारसँग छैन । पाण्ड्याले १६ टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतको कप्तानी समेत गरेका छन्, जसमध्ये टोलीले १० खेल जितेको छ ।
गुजरातलाई पहिलो सिजनमा आइपिएल च्याम्पियन बनाएका हार्दिक हाल मुम्बई इण्डियनको समेत कप्तान रहेका छन् । पाण्ड्याले भारतलाई ९० प्रतिशत द्विपक्षीय शृङ्खलामा जित दिलाएका छन् । जसमध्ये भारतीय टोलीले ४ वटा जितेको छ । टोलीले एउटा मात्र सिरिजमा हार बेहोरेको थियो । भारतलाई विश्वकप जिताउन पाण्डेयले गरेको शानदार प्रदर्शनले उनको कप्तानीको दाबेदारीलाई बलियो बनाएको छ ।
त्यस्तै कप्तानीको दौडमा ऋषभ पन्त रहेका छन् । कार दुर्घटनापछि क्रिकेटमा पुनरागमन गरेका पन्तले अहिले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दिल्ली क्यापिटल्सका समेत कप्तान रहेका विकेटकिपर ब्याट्सम्यान पन्तले टी–२० अन्तर्राष्ट्रियमा ७४ खेल खेलेर ११५८ रन बनाएका छन् । उनले ५ खेलमा भारतको कप्तानी गरेका थिए भने २ खेलमा जित हासिल गरेका थिए ।
त्यस्तै कप्तानीको दौडमा सुर्यकुमार यादव पनि रहेका छन् । सूर्यकुमार यादवले आफ्नो बलियो प्रदर्शनका साथ टीम इन्डियाको कप्तान बन्ने दाबी गरिरहेका छन् । ६८ खेलमा १६७.७४ को स्ट्राइक रेटमा २३४० रन बनाएका छन् । उनले आफ्नो कप्तानीमा शतक प्रहार गरेका छन् । सूर्यको कप्तानीमा भारतले ७ खेलमा ५ खेल जितेको छ । सूर्यले आफ्नो कप्तानीमा १६४.८३ को स्ट्राइक रेटमा ३०० रन बनाएका छन् ।
त्यसैगरी जसप्रित बुमराह पनि टी- २० टिमको कप्तानीको दौडमा रहेका छन् । जसप्रित बुमराह, भारतीय टोलीमा ट्रम्प कार्डको रुपमा रहेका छन् । ७० खेलमा ८९ विकेट लिएका बुमराह टिम संकटमा रहेको समयमा विकेट लिएर टिमलाई जितको बाटोमा लैजाने बलरको रुपमा चिनिन्छन् । उनको यस अघि भारतीय टिमको मात्र २ खेलमा कप्तानी गरेका छन् र दुवै खेल जितेका छन् ।
यी बाहेक हाल गुजरात टाइटन्सका कप्तान रहेका शुभमन गिललाई रोहित शर्मापछि भारतको सबै फर्म्याटको कप्तानको रुपमा हेरिएको छ । पहिलो पटक गुजरातको कप्तानी गरेका गिलले धेरैलाई प्रभावित समेत गरेका थिए । यस विश्वकपमा गिल ट्राभल खेलाडीको रुपमा समावेश रहेका थिए ।
त्यस्तै आइपिएल टिम लखनउ सुपर जाइन्टका कप्तान रहेका केएल राहुल पनि टी-२० टिमको कप्तान बन्न सक्ने बताइएको छ । उत्कृष्ट ब्याट्सम्यान र विकेट किपरको पहिचान बनाएका राहुल यस विश्वकप टिममा भने परेका थिएनन् ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


