काठमाडौंका विभिन्न स्थानमा आज तीन घन्टा विद्युत् सेवा अवरुद्ध हुने
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने भएको छ। विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको हो। कालोपुल फिडर अन्तर्गत पर्ने चाबाहिल सवस्टेसन हुँदै टोयोटा सोरुम पछाडीबाट दियो व्यांक्वेट, धुम्बाराही, राप्रपा पार्टी कार्यालयसम्मका क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।
हाँडीगाउँ फिडर अन्तर्गत पर्ने पहेँलो पुल हुँदै हाडीगाउँ कृष्ण मन्दिर, ५ नं. वडा कार्यालय, विशालनगर, गहनापोखरी, भाटभटेनी हुँदै पुलिस मुख्यालय छेउ छाता गणेश मन्दिर हुँदै डिल्लीबजार चारखाल लोडब्रेक स्विच सम्म क्षेत्रमा भूमिगत केबल चार्जका लागि उक्त फिडर सटडाउन गर्नुपर्ने कारण ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै गैरीधारा फिडर अन्तर्गत पर्ने पुर्व राजदरबार उत्तर ढोका हुदै धोवीचौर गैरीधारा, सनराइज बैंक हुदैं नक्साल भुडे गणेश अगाडिको लोड ब्रेक स्विच सम्म तथा गोमा पेट्रोल पम्प, खुर्सानीटार, बालुवाटार चोक, चाईनिज दुतावास क्षेत्रमा पनि भूमिगत विद्युतीय केबल चार्ज गर्नका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले निर्धारित समयअगाडि नै काम सकिए समय अगावै विद्युत सेवा सुरू हुने जनाएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


