नेपालि बजारमा उपलब्ध एथर ४५० एक्स इलेक्ट्रिक स्कुटरको यस्तो छ फिचर
काठमाडौँ । नेपालि बजारमा विश्वका धेरै देशमा उत्पादन भएका ईलेक्ट्रिक सवारीसाधनहरु बिक्रिवितरण भईरहने क्रममा एथर ४५० एक्स इलेक्ट्रिक स्कुटर पनि एक हो । यस एथर ४५० एक्स इलेक्ट्रिक स्कुटरको मोटरको कुरा गर्दा ६.४ किलोवाट मोटर पाउन सकिन्छ । यसमा ७ इन्च टच स्क्रिन रहेको छ । यस्तै ब्याट्रिको बारेमा कुरा गर्दा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर रहेको पाउन सकिने छ । साथै ६.४ किलोवाट पिक पावर र २६ एनएम पिक टर्क पाउन सकिन्छ ।
एथर ४५० एक्स इलेक्ट्रिक स्कुटरको ब्याट्रि पावर लिथियम आयोन पाउनुका साथै रेन्जको कुरा गर्दा २.९ किलोवाटमा १११ किलोमिटर दिन्छ भने ३.७ किलोवाटमा १५० किलोमिटर दिनेछ । यसको टप स्पिड प्रति घण्टा ९० किलोमिटर रहेको छ ।

यस एथर ४५० एक्स इलेक्ट्रिक स्कुटर फुल चार्च गर्न २.९ किलोवाट आवर भएको ब्याट्रिमा ८ घण्टा ३६ मिनेट र ३.७ किलोवाट आवर भएको ब्याट्रिमा ५ घण्टा ४५ मिनेट समय लाग्ने छ । यस स्कुटरको अगाडिको टायर साइज ९०/९०–१२ र पछाडिको टायर साइज १००/८०–१२ को ट्युबलेस् टायर पाउन सकिने छ । ब्रेकिङ टाईपको कुरा गर्दा रिजेनेरेटिभ बे्रकिङका साथ कम्बाइन्ड ब्रेकिङ सिस्टम रहेको छ भने सस्पेन्सन् टेलिस्कोपिक फोर्क र सिमेट्रिकली माउन्टेड प्रोग्रेसिभ मोनोसक पाईने छ ।
यस इलेक्ट्रिक स्कुटरमा ७८० सिट हाइट रहेको छ । ग्राउन्ड क्लियरेन्सको कुरा गर्दा १७० एमएम रहेको छ । यस स्कुटरको अन्डर सिटमा २२ लिटर स्टोरेज पाईने छ । स्कुटरको तौलको कुरा गर्दा १०८ देखि १११.६ केजि सम्म रहेको छ ।यो स्कुटर स्पेश ग्रे ,स्टिल वाइट ,सल्ट ग्रिन , ट्रिउ रेड, कस्मिक ब्ल्याक र लुनर ग्रे गरि ६ ओटा कलर पाउन सकिने कम्पनिले बताएको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


