२०८१ असार २९ देखि साउन ०४ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो हप्तामा कतै घुम्न जाने योजना बन्न सक्छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्राविधिक र टेक्निकलको कार्यबाट राम्रो प्रतिफल मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । सेतो रङ्गको प्रयोग गर्नाले बढी लाभ मिल्नेछ । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्नसक्छ । स्वास्थ्य प्रतिकूल पनि हुनसक्छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गर्नाले सफलता हात पर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो हप्ता पुनर्मिलनको योग रहेको छ । लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मध्य सातामा स्वास्थ्य स्थिति कमजोर रहला । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहनेछ । मन भावुक र उत्ताउलो बन्नसक्छ । शेयर बजार तथा आर्थिक कारोबारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति पनि आउला । मंगलबार पछिका दिनमा सहजता महसुस होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कुनै कुराले मन निक्कै प्रसन्न हुन सक्छ । शुभ कार्य र नयाँ कार्यको योजना बन्ला । आफन्त या नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थ्य मापदण्ड भने पूरा गर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ, तर शेयर बजार भने कमजोर रहला । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शेयर बजारमा गरेको लगानीले पनि राम्रै प्रतिफल देला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ । आत्मबलमा कमी आउनेछ । शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । स्वास्थ्यप्रति सजग रहनु होला । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व भगवानलाई स्मरण गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता लामो समय पछि आफन्तसँग भेट घाट हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विदेशमा रहने व्यक्तिलाई आँटेको कार्यमा सफलता मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ । साताको मध्यमा स्वास्थ्य बिग्रन सक्छ । वैचारिक मनमुटाव पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता धेरै प्रयास पछि जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ शेयर बजार, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । राजनैतिक र समाजिक कार्यबाट राम्रै लाभ मिल्ने देखिन्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो हप्ता धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । साताको मध्यमा आर्थिक कारोबारमा मन्दी आउनेछ । मन दुखी र खिन्न हुने स्थिति आउनसक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग खैरो या पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो हप्ता सुखदुःख बराबरी खालको समय छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मध्य सातामा आफ्नो चलाख्याइँले गर्दा लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा सुन्तलारङको हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । आफूले अरुलाई प्रभावित पारेर काम बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । नसोचेको ठाउँबाट धनागम हुनेछ । बिभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ । (अधिक जानकारीका लागि 977-9849559502)
– ज्यो.प. नारायणप्रसाद दुलाल
सम्बन्धित समाचार
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल


