सिजि मोटर्स र एम.ए.डब्लु बृद्धिले संयुत्त रुपमा नेपालमा भित्राउन लागेको अभ्तार ११ कार कस्तो कार हो ? यस्तो छ फिचर
काठमाडौँ । नेपालि बजारमा सिजि मोटर्स र एम.ए.डब्लु वृद्धिले सयुत्त रुपमा अभ्तार ११ इलेक्ट्रिक कार भित्राउन लागेका हुन् । यो कार अन्तराष्ट्रिय बजारमा चार फरक भेरियन्टमा उपलब्ध रहेको छ जस मध्ये २ वटा भेरियन्ट अलह्विल ड्राईभ र अन्य दुईओटा भेरियन्ट रेयरह्विल ड्राईभ रहेका छन् । यि भेरियन्टमा उपलब्ध अभ्तार ११ कारले ५८० किलोमिटर र ६३० किलोमिटरको रेन्ज दिने बताइएको छ ।
यस अभ्तार ११ इलेब्ट्रिक कारको मोटरको कुरा गर्नु पर्दा सिङगल पर्मानेन्ट म्यागनेट सिंक्रोनस मोटर्स साथै डुअल पर्मानेन्ट म्यागनेट सिंक्रोनसमा अगाडि १९५ किलोवाट र पछाडि २३० किलोवाट पाउन सकिन्छ । कारको लम्बाई ४८८० एम.एम,चौडाई १९७० एम.एम र उचाई १६०१ एम.एम डिमेन्सन रहेको छ । यस कारको ह्विलवेस २९७५ एम.एम रहेको छ ।
अभ्तार ११ ईलेक्ट्रिक कारको म्याक्स पावर सिङगल मोटरमा ३१२ पि.एस र डुअल मोटरमा ५७८ पि.एस साथै म्याक्स टर्क सिङगल मोटरमा ३७० एन.एम र डुअल मोटरमा ६५० एन.एम रहेको छ । कारको टप स्पिड प्रति घण्टा २०० किलोमिटर र ९० किलोवाटको टर्नरी लिथियम ब्याट्री उपलब्ध रहेको छ । ब्याट्रिको चार्जिङ टाइमको कुरा गर्दा ७.२ किलोवाटको ए.सि चार्जरबाट ०% देखि ८०% चार्ज हुन १३ घण्टा लाग्नुका साथै डि.सि फास्ट चार्जरबाट ३०% बाट ८० % चार्ज हुन १५ मिनेट लाग्ने छ ।
अभ्तार ११ ईलेक्ट्रिक कारको अगाडि र पछाडिको टायरमा २६५/४५ आर २१ डिस्क ट्युबलेस टायर उपलब्ध रहेको छ । ५ सिटिङ क्यापासिटि रहेको यस कारमा ए.बि.एस, ई.बि.डि,टि.सि.एस, आर. ओ.ए.एम सिस्टम रहेको छ । कारको सस्पेन्सन सेटअप डबल विशबोन र फाएभ– लिङ्क इन्डिपेन्डेन्टका साथै यस अभ्तार ११ ईलेक्ट्रिक कारको जम्मा तौल सिङगल मोटरमा २१६० केजि र डुवल मोटरमा २२८० केजि रहेको कम्पनिको दाबि रहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


