कुवामा डुबेर एकै परिवारका दिदीबहिनीको मृत्यु
जानकारी केन्द्र
२०८१, असार, ३२
स्याङ्जा । स्याङ्जामा पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मृत्यु हुनेमा १४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया सुस्मिता थापा रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए।
लक्ष्मी कक्षा ९ मा र बहिनी सुस्मिता कक्षा ५ मा पढ्दै आएकी थिइन् । घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कुवामा नुहाउन र कपडा धुनका गएका बेला डुबेर मृत्यु भएको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरू भएको प्रहरी प्रवक्ता रानाले बताएका छन।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


