लामो समयदेखि उत्कृष्ट सेवा प्रदान गर्दै सि.जी. मोटर्स नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेशन नेटवर्क बिस्तारमा आक्रामक
काठमाडौँ । नेपालको यातायात क्षेत्रमा सीजी मोटर्सले आफ्नो उत्कृष्ट सेवा र व्यापक चार्जिङ स्टेशनहरूको नेटवर्क मार्फत उल्लेखनीय सुधार गर्दै आएको छ। नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र आफ्नो उत्कृष्ट सर्भिस तथा पार्टस सेवाका कारण, सि.जी. मोटर्सले आफ्नो ब्रान्ड छविलाई निरन्तर उचाइमा पुर्याइरहेको बताएका छन्।

सि.जी. मोटर्सले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ, र निकट भविष्यमा त्यतिनै चार्जिङ्ग स्टेशन थप्ने योजना रहेको बताएको छ। यो व्यापक चार्जिङ नेटवर्कले ग्राहकहरूका लागी निर्बाध यात्रा गर्न सक्ने सुनिश्चित गर्दछ। बालाजु यातायातका सोम प्रसाद तुलाचन भन्छन्, “१८ वटा सवारीसाधनहरू सहज रूपमा चलिरहेको अवस्थामा, सि.जी. मोटर्सबाट प्राप्त सहयोग उत्कृष्ट छ। साथै समय समयमा मेरो गाडीहरु काठमाडौं भन्दा बाहिर जाने गरेको छ। सो समयमा मालई सि.जी.को चार्जिङ्ग नेटवर्कले सहज यात्रा गर्न सजिलो भएको छ। सि.जी.को सर्भिस नेटवर्कले गर्दा म झन ढुक्क भएको छु। ”

सि.जी. मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको बताएका छन् । सर्भिस सेन्टर हरुमा उच्च प्रशिक्षित प्राविधिकहरूले हरेक किङ्ग लङ्ग र केवाइसी ईभी भ्यानको ध्यानपूर्वक मर्मत र सेवा गर्ने सुनिश्चित गर्दछ। अन्नपूर्ण यातायातका तोयनाथ पोखरेल भन्छन्, “सि.जी. मोटर्सले हाम्रो भ्यान किन्न र मर्मत गर्न सजिलो बनाइदिएको छ। चार्जिङ स्टेशनहरूको संख्या बढ्दै जाँदा र सेवा शुल्क कम हुनु हाम्रो लागि यो परिवर्तनकारी भएको छ। काठमाडौँमा ३ वटा स्थानमा सि.जी.को सर्भिस स्टेशन राखेकाले हामीलाई जुन कुनै स्थानहरुबाट सहजै सर्भिस तथा स्पेर उपलब्ध हुने हुदाँ हामी ढुक्क छौं। साथै बजारमा तथा मिडियामा आएका अनेकौं टिप्पणीको पछाडि नलाग्न अनुरोध गर्दछु। ”
सि.जी. मोटर्सको रोडसाइड असिस्टेन्स सेवा, जसले गर्दा कुनै पनि ठाउँमा, तपाईंको सवारीसाधनलाई छिटो र प्रभावकारी सेवा तथा सहयोग गर्न कम्पनी सधैं तयार रहेको बताएका छन् ।

नारायण श्रेष्ठ, गंगामहासागर यातायात, भन्छन्, “किङ्ग लङ्ग भ्यानहरूको उच्च ग्राउण्ड क्लीयरन्स र गाडीको संरचनाले यातायात सेवाको लागि अब्बल छ। सि.जी. मोटर्सको बढ्दो सर्भिस पूर्वाधारले हामीलाई थप गाडी खरिद गर्न प्रोत्साहन गरेको छ।”
सि.जी. मोटर्सले विश्वसनीय, र वातावरणमैत्री यातायात समाधानहरू प्रदान गर्न अग्रणी बनेको छ। सि.जी. मोटर्सको नेपालभर १५ भन्दा बढी सर्भिस स्टेशन रहेका छन्। विर्तामोड, इटहरी, लाहान, जनकपुर, सिन्धुली, सुर्खेत, विरगंज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी साथै काठमाडौँमा, हात्तीवन, चावहिल र भक्तपुर रहेका छन्।

सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


