लुयान इलेक्ट्रिक स्कुटरमा १० हजार नगद छुट ,अरु के के छन् सुविधा ?
काठमाडौँ । लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले लुयान मनसुन अफर शुरु गरेको छ । लुयानको कुनै पनि मोडेलको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद रु १० हजार नगद छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् भने एउटा प्रिमियम हेलमेट र एउटा रेनकोट समेत ग्राहकले नि:शुल्क प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी रहेको कम्पनीले जनाएको छ। लुयानका स्कुटरहरु IP67 रेटेड वाटर एण्ड डस्ट रेसिस्टेन्स भएकाले जस्तो सुकै बर्षामा पनि चलाउन मिल्ने खालका हुन्छन्। लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै बेटी चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग सिस्टम लगायत अत्याधुनिक प्रविधियुक्त फिचरको प्रयोग भएको हुनाले पनि विश्व बजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको कम्पनीले बताएको छ ।
सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत ग्राहकहरुले प्राप्त गर्न सक्ने बताइएको छ । यसका साथै अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइने कम्पनीले जनाएको छ, साथै फाइनान्सको सुविधा समेत पाउन सकिने बताइएको छ । यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने कम्पनीका सेल्स हेड शंकर शर्माले बताउनुभयो ।
विगत ५ बर्षदेखि ‘जिरो इमिसन राइड (एन)’ ले ‘देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र विश्वप्रशिद्ध ब्राण्ड ‘लुयान’का विद्युतीय स्कुटरहरु नेपालमा आधिकारिक वितरकको रुपमा बिक्रि-वितरण तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको कम्पनीले बताएको छ । राजधानीका ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले लुयान ब्राण्डका स्कुटरहरुको बिक्रि-वितरण र बिक्रि पछिको सेवाको व्यवस्था मिलाएको कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


