बालेनको कविता- सत्यको कुनै एउटा पहिचान हुँदैन
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन् । सामाजिक सञ्जालमा बालेनले कविता लेख्दै पछिल्लो समय आफूले गर्दै आएका काम र निर्णयमा अदालतले आफ्नो पक्षमा फैसला दिएकोप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।
बागमती नदी किनारमा रहेका बस्ती खाली गराउन सर्वौच्च अदालतले बाटो खोलाइदिएपछि उनका लागि सहज भएको छ भने पाटन उच्च अदालतले न्यूरोडको फुटपाथ बढाउने कामलाई नरोक्न आदेश दिएपछि फुटपाथ विस्तारको काम पुन: शुरु भएको छ । बालेनको कविता यिनै घटनाप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।
बालेनको कविता :
सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझै शीतल, फूलझैं कोमल,
सून न पित्तल, किसानझै फोहर,
आकाशझै विशाल ,
स्पर्शझै सुक्ष्म,
सगरमाथाझै हिमाल,
थोपाझै पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन। नाम हुँदैन ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


