लोकसेवाको वार्षिक तालिका सार्वजनिक,कुन पदको विज्ञापन कहिले ? विज्ञापनसहित
जानकारी केन्द्र
२०८१, श्रावण, २
काठमाडौं । लोकसेवा आयोगले निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद् सेवा, राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय तथा संगठित संस्थाहरूका विभिन्न पदहरूमा विज्ञापन आह्वान गर्ने समय तालिका सार्वजनिक गरेको छ ।
आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै विगत वर्षझैं यस वर्ष पनि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । वार्षिक कार्यतालिका अनुसार कर्मचारी आवश्यकताको विज्ञापन साउनदेखि सुरु भएर चैत महिनासम्म जारी रहनेछ ।
कार्यतालिका अनुसार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीको विज्ञापन असोजको अन्तिम बुधबार प्रकाशित हुनेछ । त्यस्तै, राजपत्रांकित तृतीय श्रेणीको कात्तिक अन्तिम बुधबार, राजपत्र अनंकित प्रथम श्रेणीको पुस अन्तिम बुधबार विज्ञापन आह्वान हुनेछ ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


