नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ
काठमाडौं । नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्टहाउसका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ ठेगाना भएका ३२ वर्षीय नविन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ ठेगाना भएका १९ वर्षीय उज्वल खड्का रहेका छन् ।
उक्त गेष्टहाउस बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ ।
आर्थिक प्रलोभनमा पारी ललाई फकाई वेश्यावृत्तिमा लगाएको, शारीरिक सम्पर्क राखेमा प्रति ब्यक्ति ५ सय रूपैयाँ दिने भनी प्रलोभन देखाई रकम समेत नदिई प्रति ग्राहक ४/५ हजार रूपैयाँ सम्म लिने गरेको तथा शारीरिक सम्पर्क राखेको कुरा आफन्त लगायत साथीहरूलाई भनिदिने भनि डर त्रासमा पारी बेश्याबृत्तिमा लगाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


