महिला एशिया कपमा भारतको लगातार दोस्रो जित
जानकारी केन्द्र
२०८१, श्रावण, ६
काठमाडौँ । जारी महिला एशिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले युएईलाई ७८ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।
भारतले दिएको २०२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो ।
भारतले यसअघि पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । त्यस्तै युएईले भने लगातार दोस्रो हार बेहोरेको छ । युएईले पहिलो खेलमा नेपालसँग हार बेहोरेको थियो ।
प्रतियोगितामा अब भारतले आफ्नो समुह चरणको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने छ भने सोहि दिन युएईले पाकिस्तानको सामना गर्ने छ ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


