Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

काभ्रेको पाँचखालमा यात्रुबाहक बस दुर्घटना:तीनको मृत्यु ,६५ घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, चैत्र, ५
काभ्रेको पाँचखालमा यात्रुबाहक बस दुर्घटना:तीनको मृत्यु ,६५ घाइते

पाँचखाल ४ केराघारीमा यात्रुबाहक बस दुर्घटना हुादा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दोलखाको मेलुङबाट काठमाडौं आउादै गरेको बा.३.ख ७९३८ नम्बरको बस सडकबाट १० मिटर तल खसेको छ ।

बसमा सबार मिना गिरीका अनुसार, डाडाखर्क गाविसकी सुष्मा विकको मृत्यु भएको हो ।घटनास्थलमा नै मृत्यु भएका सहचालकको पहिचान हुन सकेको छैन ।

प्रहरीको टोलीले घाइतेको उद्धार गरिरहेको छ । बसमा ७० यात्रु थिए । गिरीका अनुसार,  विहान साढे ७ बजे छुट्नुपर्ने गाडी ८ बजे छुटेकाले तिव्र गतिमा आइरहेको थियो । बसले मोटरसाइकललाई ठक्कर दिदा चालक घाइते छन् । घाइतेको धुलिखेल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स