एनआइसी एसिया क्यापिटलको खुद नाफा १२ करोड १० लाख
जानकारी केन्द्र
२०८१, श्रावण, १४
काठमाडौं । एनआइसी एसिया क्यापिटलले गत आर्थिक वर्ष ०८०/८१ मा १२ करोड १० लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीले देशको अर्थतन्त्र सुस्त भइरहेको समयमा पनि आफ्नो समग्र व्यवसायमा उत्साहजनक वृद्धि गर्न सफल भएको जनाएको छ । समीक्षा अवधिको नाफा अघिल्लो आवको तुलनामा १६.१२ प्रतिशतले बढी हो । कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ६०.५० रुपैयाँ कायम छ ।
कम्पनीले गत आवको असार मसान्तसम्म एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत पाँचवटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजना सञ्चालन गरिरहेको छ । सञ्चालनमा आएको पहिलो वर्षदेखि नै उत्साहजनक लाभांश वितरणसमेत गरेको जनाएको छ । साथै, कम्पनीले संस्थागत परामर्श सेवाअन्तर्गत ‘आइडिया टु आइपिओ’ सेवासमेत सञ्चालन गरिरहेको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


